Rule 38
सुरक्षा मार्गदर्शनको पालना गर्नु पर्ने

(१) प्रमाणीकरण गर्ने निकायको कार्य पद्धति तथा अभ्यास प्रचलित कानून सम्मत हुनु पर्नेछ ।
(२) प्रमाणीकरण गर्ने निकायले डिजिटल हस्ताक्षर, सूचना तथा अन्य कुराहरूको सुरक्षा, विश्वासनीयता तथा गोप्यताको पूर्ण प्रत्याभूति हुने किसिमबाट आफ्नोे कार्य सम्पादन गर्नु पर्नेछ ।
(३) प्रमाणीकरण गर्ने निकायले प्रयोग गर्ने सूचना प्रविधि र सुरक्षा निर्देशिका नियन्त्रकको सिफारिसमा नेपाल सरकारले जारी गरे बमोजिम हुनेछ ।
(४) प्रमाणीकरण गर्ने निकायले प्रयोग गर्ने सूचना प्रविधि र सुरक्षा नीति उपनियम (३) बमोजिम जारी भएको सुरक्षाको निर्देशिकामा आधारित हुनु पर्नेछ ।